Rule 13
अभिलेख माग गर्दा निवेदन दिनुपर्ने,
(१) ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै उच्योग वा त्यस्तो उद्योगमा स्वामित्व भएको व्यक्तिले उद्योग दर्ता गर्ने निकायमा रहेको आफूसँग सम्बन्धित कागजात वा- अभिलेख माग गर्दा अनुसूची- १६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निवेदन मागबमोजिम कागजात वा अभिलेख उपलब्ध गराउन उपयुक्त देखिएमा उद्योग दर्ता गर्ने निकायले प्रचलित कानूनबमोजिम लाग्ने प्रतिलिपि दस्तूर लिई निवेदकलाई त्यस्तो कागजात वा अभिलेख प्रमाणित गरी उपलब्ध गराउनु पर्नेछ।